२०८१ पौष २५, बिहिवार , ०१:३२:५६ बजे

Sajhamanch
'

जम्मरकट्टेलद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

आइतवार, असार २४, २०८०

बिर्तामोड । नेपााल शैक्षिक परामर्श संघ (इक्यान) झापाबाट केन्द्रीय सदस्यमा निर्वतमान अध्यक्ष सुमन शर्मा जम्मेरकट्टेलले उम्मेद्वारी घोषणा गरेका छन् ।

झापा शाखाबाट सर्वसम्मत रुपमा जम्मरकट्टेललाई केन्द्रीय सदस्यमा उम्मेद्वार बनाउने निर्णय गरिएको लगत्तै इक्यान झापाले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सो सम्बन्धी जानकारी गराएको हो ।

आफ्नो उम्मेवारी घोषणा गर्दै उनले इक्यानको केन्द्रीय नेतृत्वमा पुगेपछि विदेशी विद्यार्थीलाई नेपालमा नै अध्ययन गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।

उनले आफू कोशी प्रदेशबाट साझा उम्मेद्वार बनेकाले आगामी असार ३० गते काठमाडौंमा हुने इक्यानको ९औं महाधिवेशन तथा १७औं वार्षिक साधारणा सभाबाट सर्वसम्मत रुपमा निर्वाचित हुने विश्वास पनि ब्यक्त गरेका छन् ।

इक्यान झापाका उपाध्यक्ष तथा बिर्तामोड वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव राज कार्कीले गरेका थिए । झापाबाट इक्यानमा १८ जना मतदाता रहेका छन् भने देशभर ४६७ जनाले मतदान गर्न पााउने बताइएको छ ।

सर्वसम्मत रुपमा जम्मरकट्टेललाई निर्वाचित गर्नका लागि केन्द्रसहित देशभर रहेका शाखाहरुसँग छलफल र परामर्श भइरहेको बताइएको छ ।

इक्यान झापााले राजनीतिक भागबण्डा नगर्ने र सबैलाई सर्वसम्मत रुपमा अगाडि बढाउने उद्देश्य अनुरुप निर्वतमान अध्यक्ष जम्मरकट्टेललाई साझा उम्मेद्वारका रुपमा अघि सारिएको जनाइएको छ ।

सम्बन्धित खबर