२०८१ पौष २४, बुधवार , ०२:१४:४७ बजे

Sajhamanch
'

एसईईमा न्यूटन्सको नतिजा उत्कृष्ट

शनिवार, असार २३, २०८०

बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको न्यूटन्स एजुकेशन एकेडेमीले एसईई परीक्षा २०७९ मा संस्थागत विद्यालयतर्फ जिल्लाकै उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ ।

बिहीबार सार्वजनिक भएको २०७९ को एसईई परीक्षाको रिजल्ट अनुसार संस्थागत विद्यालयतर्फ न्यूटन्सबाट सबैभन्दा धेरै २० जना विद्यार्थीले ३.६० देखि ४ जीपीएमा उत्तीर्ण गरेका प्रिन्सिपल देवेन्द्र हुमागाईंले दावी गरेका हुन् ।

उनका अनुसार सो विद्यालयबाट ३.२० देखि ३.६० जीपीएमा ४७ जना, २.८० देखि ३.२० जीपीएमा ३७ जना, २.४० देखि २.८० जीपीएमा २६ जना र २.०० देखि २.४० जीपीएमा ९ जना विद्यार्थीले उत्तीर्ण गरी शतप्रतिशत रिजल्ट दिएका हुन् । विद्यालयका प्रिन्सिपल हुमागाईका अनुसार १३८ जना विद्यार्थीले परीक्षा दिएकोमा सबै उत्कृष्ट अंकसहित उत्तीर्ण भएका छन् ।

देवेन्द्र हुमागाईं

शिक्षा विकास तथा समन्वय इकाई झापाले दिएको प्रारम्भिक जानकारी अनुसार जिल्लाका दुई विद्यालयले २०–२० जना विद्यार्थीबाट उत्कृष्ट रिजल्ट हात पारेका छन् । बिर्तामोडको न्यूटन्स एजुकेशन एकेडेमी र दमकको सिद्धार्थ बोर्डिङ स्कूलले ३.६० देखि ४ जीपीएमा २०–२० जना विद्यार्थी उत्तीर्ण गराएका हुन् । न्यूटन्सले विगत वर्षदेखि नै एसईईमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।

बिर्तामोडको बाल्मिकी एजुकेशनका १८ जना, लिटल फ्लावर्सका १६ जना र कंचनजंघाका ९ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएर एसईई उत्तीर्ण गरेको प्रारम्भिक जानकारी आएको छ ।

सम्बन्धित खबर