२०८१ असोज ४, शुक्रवार , ०५:४४:५० बजे

Sajhamanch
'

प्रधानमन्त्रीको राजीनामा माग्दै एमाले सांसदद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

बुधवार, असार २०, २०८०

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । एमालेका संसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनको राजीनामा मागेका हुन् ।

आज बुधबारको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्रीको राजीनामा माग्दै बैठक अवरुद्ध पारेका हुन् ।

प्रधानमन्त्रीले जे भन्नुभएको छ‚ नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । दिल्लीले बनाउने प्रधानमन्त्री चाहिँदैन ।

प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद् अघि बढ्न सक्दैन‚ एमालेका सांसद रघुजी पन्तले भने, ‘हामीलाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो । लोण्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन ।’

त्यस लगत्तै एमाले‚ रास्वपा र राप्रपाका सांसदहरू ह्वेलअघि भेला भएका थिए । दलहरूले बैठक अवरोध गर्न थालेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

सम्बन्धित खबर