कमल । झापाको कमल गाउँपालिकास्थित केर्खा क्याम्पा सडक खण्ड अन्तर्गत केराधापमा आज दिउँसो ४ बजे भएको सवारी दुर्घटनामा परेर ७ वर्षीय एक बालकको मृत्यु भएको छ ।
केर्खाबाट बैगुनधुरा जाँदे गरेको मे १ ख १५१८ नम्वरको यात्रुबसले ठक्कर दिएपछि घाइते भएका बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा मृत्यु भएका ७ वर्षीय जनम थापा रहेको प्रहरीले जनाएको छ । उनी कमल गाउँपालिका वडा नं. ३ बगानटोलका कमल थापाका छोरा रहेको बताइएको छ ।
स्थानीय कञ्चनजंघा माध्यमिक विध्यालयमा कक्षा १ मा अध्ययनरत बालक थापालाई विध्यालय विदा भएर घर जानेक्रममा बसले ठक्कर दिएको थियो । तीब्र गतिमा हुइँकिएको बसले बालकलाई ठक्कर दिएर उनको मृत्यु भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । स्थानीय कूलचन्द्र आचार्यले मुख्य सडकमा मात्र नभई शाखा सडकमा समेत ट्राफिक पोष्ट स्थापना गर्नुपर्ने स्थानीय सरकारसँग माग गरेका छन् ।