२०८१ माघ ३, बिहिवार , ११:२५:५४ बजे

Sajhamanch
'

विकास पत्रकारिता गर्दा भौतिकमात्र नहेरौं : केदार शर्मा

शुक्रवार, जेठ १२, २०८०

झापा । लेखक तथा अग्रज सञ्चारकर्मी केदार शर्माले विकासलाई हेर्ने दृष्टिकोण फरक फरक हुने बताएका छन् । विकास पत्रकारिता गर्ने पत्रकारहरुले विषयवस्तुलाई केलाउँदै तथ्य जाँच्नु अत्यन्त जरुरी हुने उनको भनाई छ ।

नारी सञ्चार गृह झापाको आयोजनामा आज बिर्तामोडमा सम्पन्न कार्यशाला गोष्ठीमा उनले उद्विकास र विकास फरक भएको दृष्टान्त प्रस्तुत गर्दै विकास पत्रकारितामा सामाजिक आर्थिक पाटोलाई पनि हेरिनु पर्नेमा जोड दिएका छन् ।

आदिवासी समुदायको संस्कृति, भाषा, खानाजस्ता परम्परागत कुराहरु लोप हुन लागेको तर्फ पत्रकारहरुले कलम चलाउन ढिला भइसकेको उनको भनाई छ । भौतिक संरचनालाई मात्र विकास ठान्ने मानसिकताबाट माथि उठेर चेतनाको विकास हुनुपर्ने उनले बताए ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा उद्घाटित सो कार्यशाला गोष्ठीमा बोल्दै संग्रौलाले तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न सुझाव दिए ।

रचनात्मक एवम् सकारात्मक पक्षलाई बढीमात्रामा उजागर गर्नुपर्नेमा जोड दिँदै उपप्रमुख संग्रौलाले नकारात्मक प्रभाव छाड्ने विषयहरुमा पत्रकारहरुले बढी कलम चलाउने गरेको सुनाए ।

बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा सञ्चालित कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा बोल्दै बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले अहिलेका युवामा नकरात्मक कुराहरुको प्रभाव बढी परेको भन्दै सकारात्मक पक्षलाई उजागर गर्नुपर्ने बताए ।

नारी सञ्चार गृह झापाका अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा उपाध्यक्ष लिला अनमोलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव ज्योत्स्ना श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले शुभकामना मन्तव्य राखेका थिए भने गृहका सचिव मायामितु न्यौपानेले धन्यवाद मन्तब्यसहित कार्यक्रमको समापन गरेकी थिइन् ।

सम्बन्धित खबर