२०८१ माघ ३, बिहिवार , ०८:५९:११ बजे

Sajhamanch
'

तलब नपाएपछि शिवशक्ति माविमा शिक्षकको अनिश्चितकालीन धर्ना

मङ्गलवार, वैशाख २६, २०८०

जकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक–कर्मचारी आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक–कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् ।

पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरु विद्यालयमै वैशाख २४ गतेदेखि अनिश्चितकालीन धर्ना बसेका छन् । यसअघि पहिलो चरणमा उनीहरुले वैशाख १९ देखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थिए । शिक्षकहरुको आन्दोलनले पठनपाठन प्रभावित भएको छ ।

पटक–पटक तलबभत्ता माग गर्दा विद्यालय प्रशासले आलटाल गरिरहेको उनीहरुको गुनासो छ । लामो समयदेखि तलब नपाउँदा साधारण जीवनयापनमा समस्या भएको उनीहरू बताउँछन् । पटक–पटक मागलाई बेवास्ता गदार्ब बाध्य भएर अनिश्चितकालीन धर्ना बस्नु परेको शिक्षक फुलगेन महतोले बताए ।

शिक्षक–कर्मचारीले वैशाख १२ गते विद्यालयका प्राधानाध्यापक प्रमोदशरण केवटलाई ज्ञापन बुझाउँदै यथाशीघ्र माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसहितको ज्ञापन पत्र बुझाएका थिए ।

प्राधानाध्यापक केवटले केही शिक्षको तलब ११ महिनादेखि नपाएको स्वीकार गरे ।उनीहरुको माग सम्बोधन गर्न जनप्रतिनिधि र आन्दोलित शिक्षकसँग छलफल भइरहेको उनले बताए ।

सम्बन्धित खबर