२०८२ असोज २६, आइतवार , ०७:०६:५३ बजे

Sajhamanch
'

पुरस्कार पाएको रकमले प्रधानाध्यापकहरुलाई तालिम

सोमवार, वैशाख २५, २०८०

झापा । अंग्रेजी भाषा शिक्षकहरुको संस्था नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापाले उत्कृष्ठ शाखा घोषित भए वापत प्राप्त पुरस्कारको रकम शैक्षिक गुणस्तरमा नै खर्चेको छ । नेल्टाले प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेतृत्व विकास तथा विद्यालय व्यवस्थापन सम्बन्धी तीन दिवसीय तालिम सञ्चालन गरेको हो ।

शिक्षक तथा विद्यार्थीहरूको नेतृत्व गरिरहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु तथा निजी विद्यालयका प्रिन्सिपलहरुलाई नेल्टा झापाले उक्त तालिम दिएको हो। विद्यालयमा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न बालबालिकाहरुमा समय सापेक्ष शैक्षिक गतिविधि र शिक्षण सञ्चालन गर्न प्रधानाध्यापकहरुको महत्वपूर्ण भूमिका हुन्छ।

यसै कुरालाई मध्यनजर गर्दै नेल्टा झापाले पाएको पुरस्कारलाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि तालिम सञ्चालन गरिएको नेल्टा झापाका अध्यक्ष अध्यक्ष तथा केन्द्रीय सदस्य धर्मेन्द्र भट्टराईले जानकारी दिए ।

तालिममा झापा जिल्लाका ३५ जना प्रधानाध्यापक तथा प्रिन्सिपल हरूको सहभागिता रहेको नेल्टा झापाले जनाएको छ। तालिमलाई त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्राध्यपक डा. शिवराम पाण्डे र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेल्टाका केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवानले सहजीकरण गरेका हुन् ।

यही वैशाख २२ गतेदेखि २४ गतेसम्म बिर्तामोडमा उक्त तालिम सञ्चालन भएको थियो । नेल्टा झापा यस वर्षको उत्कृष्ट शाखा घोषित भएको थियो। नेल्टा झापाले जिल्लामा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरूका लागि तालिम, गोष्ठी तथा सम्मेलनहरु संचालन गर्दै आएको छ।

सम्बन्धित खबर