२०८१ पौष ७, आइतवार , ०६:३५:०० बजे

Sajhamanch
'

राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै

सोमवार, चैत २७, २०७९

नेपालगञ्ज । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजबाट नेपालगञ्जमा सुरु हुँदैछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो महाधिवेशनको समुद्घाटन गर्ने कार्यसूचि रहेको छ । महाधिवेसन उद्घाटन कार्यक्रममा १० हजारभन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिएका छन् ।

आज २७ गतेदेखि पर्सी २९ गतेसम्म चल्ने महाधिवेसनमा २ हजारभन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने छन्। समुद्घाटन समारोहमा पार्टी अध्यक्ष ओलीको साथै, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्युरो सदस्य महेश बस्नेत लगायतका नेता सहभागी हुने जनाइएको छ।

कलाकार बद्री पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रवि वड लगायतले सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ। महाधिवेशनको तयारीको लागि संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय उपाध्यक्ष सुमन पुरी, महासचिव, संघका अन्य नेताहरू रवीन्द्र लम्साल, तुलबहादुर अधिकारी, खेम शर्मा, सुरज खरेल लगायत कार्यक्रमस्थलमा केही दिनअघिबाटै खटिएका छन्।

‘महाधिवेशनमा समसामयिक राजनीति र युवा आन्दोलनमा भ्रष्टीकरण र अपराधीकरणलाई परास्त गर्दै अबको कार्यदिशाको गम्भीर समीक्षा हुने पुरीले जानकारी दिएका छन्।

सम्बन्धित खबर