२०८१ माघ ३, बिहिवार , ०३:४१:०३ बजे

Sajhamanch
'

बिर्तामोडमा क्याम्ब्रिज कोर्स अध्यापनका लागि तक्षशीला र क्याम्ब्रिजबीच सम्झौता

आइतवार, चैत १९, २०७९

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ६ मा रहेको तक्षशीला एजुकेशन फाउन्डेसनले आगामी शैक्षिक सत्र २०८० देखि क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने भएको छ ।

शनिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा तक्षशीलाका प्रिन्सिपल रोहित ढुंगेलले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई क्याम्ब्रिजको अंग्रेजी कोर्स अध्यापन गराइने जानकारी दिएका हुन् ।

क्याम्ब्रिज अंग्रेजी कोर्स अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त कोर्स हो । विद्यालयको शैक्षिक गुणस्तरमा फड्को मार्दै तक्षशीलाले यो ऐतिहासिक सफलता हात पारेको दावी गरिएको छ । पूर्वी नेपालमा क्याम्ब्रिजको कोर्स अध्यापन गराउने विद्यालयमा तक्षशीला पहिलो भएको बताइएको छ ।

तक्षशीला एजुकेशन फाउण्डेशन र क्याम्ब्रिजबीच सम्झौता भएको हो । आगामी शैक्षिक सत्रदेखि क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने दुई पक्षबीच सम्झौता भएको हो । सम्झौतापछि तक्षशीलाले नयाँ शैक्षिक सत्रबाट क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने भएको जनाइएको छ ।

विद्यालय परिसरमा शनिवार आयोजित कार्यक्रममा तक्षशीलाका कार्यकारी निर्देशक डा. अञ्जली कार्की प्रसाईं र क्याम्ब्रिजका प्रतिनिधि डा. रोशन राठीले क्याम्ब्रिज कोर्स अध्यापन गराउने विषयमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई क्याम्ब्रिजको अंग्रेजी कोर्स अध्यापन गराइनेछ ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले तक्षशीला र क्याम्ब्रिजबीच सम्झौताले बिर्तामोडको शिक्षा क्षेत्रमा एउटा सकारात्मक पाटो भएको बताइन् । उनले शैक्षिक गुणस्तरका लागि सम्झौता फलदायी हुने विश्वास व्यक्त गरेकी छन् ।

सम्बन्धित खबर