२०८१ माघ ३, बिहिवार , १२:२३:५८ बजे

Sajhamanch
'

काँकडभिट्टा क्याम्पसको मुल गेटमा अखिलको ताला

बुधवार, चैत १, २०७९

मेचीनगर । मेचीनगर ६ काँकडभिट्टामा रहेको काँकरभिट्टा क्याम्पसमा तनावको अवस्था सिर्जना भएको छ । फागुन १९ गते नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले निर्वाचन कार्यालयमा ताला लगाएर विरोध गरिरहे पनि आज बिहान क्याम्पस प्रशासनले मनोनयन पत्र दर्ताका लागि समय दिए पछि अवस्था थप तनावग्रस्त भएको हो ।

बुधबार बिहान क्याम्पस प्रशासनले स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता पत्र तयार पारेर वितरण गर्न लागेपछि अनेरास्ववियु थप आन्दोलित बनेको हो ।

निर्वाचन आचारसंहिता विपरित क्याम्पसमा तोकिएको अवधिभन्दा पछि विद्यार्थी भर्ना गरिएकोले ती नामहरु मतदाता सूचिबाट हटाउन माग गर्दै अनेरास्ववियु आन्दोलित भएको हो । प्रशासनले सो को अटेर गरी मनोनयन पत्र तयार गरी वितरण गर्न लागेपछि अनेरास्ववियुले जलाएका हुन् ।

सो घटनापछि आक्रोशित बनेका अनेरास्ववियु सम्वद्ध विद्यार्थीले क्याम्पस प्रशासकहरुलाई बाहिर निकालेर मूल गेटमा नै ताला लगाई दिएका छन् । उनीहरुले संगठनको माग पूरा नभएसम्म स्ववियु निर्वाचनमा भाग नलिने र हुन नसक्ने बताएका छन् ।

सम्बन्धित खबर