२०८१ साउन १२, शनिवार , ०३:५१:४९ बजे

Sajhamanch
'

मैत्रीपूर्ण खेलमा कनकाई नगरपालिकालाई हराउँदै शिवसताक्षी विजयी

सोमवार, फागुन २२, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिका स्थित दुधे रंगाशालामा भएको मैत्रीपूर्ण खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको छ । कनकाई नगरपालिकालाई २–० गोल अन्तरले हराउँदै शिवसताक्षी नगरपालिका विजयी भएको हो ।

खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन भने दोस्रो हाफ शिवसताक्षी नगरपालिकाका तर्फबाट महेश लामिछाने र सचिन श्रेष्ठले एक –एक गोल गरेपछि २–० गोल अन्तर बनाउँदै शिवसताक्षी नगरपालिका विजयी भएको हो ।

शिवसताक्षी नगरपालिकालाई आयोजक दूधे भेट्रान क्लबले ट्रफी प्रदान गरेको छ । दूधे भेट्रान क्लबका अध्यक्ष सन्तोष नेम्वाङ्गले  शिवसताक्षी नगरपालिकाका प्रशासन प्रमुख डिल्ली नेपाल र  टिम क्याप्टेन दिपक तामाङ्गलाई ट्रफी प्रदान गरेका थिए ।

शिवसताक्षीमा जारी दूधे भेट्रान क्लबको आयोजना भएको कर्णबहादुर स्मृति भेट्रान कपको फाइनल खेल अघि शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाका कर्मचारीहरु बीच मैत्रीपूर्ण खेल खेलाइएको आयोजक दुधे भेट्रान क्लबले जनाएको छ ।

सोमवार, फागुन २२, २०७९ | खेलकुद

सम्बन्धित खबर