२०८१ माघ १३, आइतवार , ०४:३२:३७ बजे

Sajhamanch
'

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

शुक्रवार, फागुन १२, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

यी दुई बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ । भेटमा राष्ट्रपति चयनका बारेमा कुराकानी हुँदै छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ता सुरु भएको हो। प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली केहीबेर अघि बालुवाटार पुगेको जनाइएको छ ।

पुरानो पाँच दलीय गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला सत्ता गठबन्धनका प्रमुख घटक एमाले–माओवादीका दुई शीर्ष नेता ‘निर्णायक’ छलफलमा रहेको जनाइएको छ ।

यसअघि बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित ४ दलको बैठकले चुनाव अघिको गठबन्धन ब्यूँताउने सहमति गरेको थियो । तर, एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा पुस १० गते गरेको सहमति कार्यान्वयन हुनुपर्ने बताउँदै आइरहेको छ।

सम्बन्धित खबर