२०८१ असोज ३, बिहिवार , ०५:१०:४६ बजे

Sajhamanch
'

एनएमसीका अधिकृत कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी तालिम प्रदान

सोमवार, माघ १६, २०७९

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाका अधिकृत कर्मचारी तथा विभागीय प्रमुखहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी तालिम दिइएको छ ।

फस्ट माईक्रो फाइनान्सका प्रमुख व्यवस्थापक बाबुराम न्यौपानेले सहजिकरण गरेको उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेतीले विशेष निर्देशनात्मक मन्तव्य राखेका थिए ।

शिक्षा तथा तालिम उपसमितिको आयोजनामा संस्था अन्तर्गतका विभिन्न व्यवसायका विभागीय प्रमुख, क्षेत्रीय प्रमुखहरु, सेवाकेन्द्र प्रमुख तथा अन्य व्यवसायका प्रशासनिक प्रमुखहरूको सहभागिता थियो ।

शिक्षा तथा तालिम उपसमितिका संयोजक साबित्रा दहाल भट्टराईको अध्यक्षतामा आयोजित तालिम कार्यक्रमको औचित्य माथि प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले प्रकाश पारेका थिए । तालिम फलदायी भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।

तालिम कार्यक्रममा सञ्चालक सदस्यहरूको समेत सहभागिता रहेको थियो । उक्त कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

शिक्षा तथा तालिम उपसमितिका सदस्य चन्द्रप्रसाद भट्टराईले सहभागीहरुलाई शाब्दिक स्वागत गरेका थिए भने सञ्चालन उपसमितिका सदस्य सचिव हिरण कट्टेलले गरेकी थिइन् ।

सम्बन्धित खबर