२०८१ मंसिर ७, शुक्रवार , ०१:१२:०६ बजे

Sajhamanch
'

कमल गाउँपालिकामा महिला लक्षित ढाका बुनाई तालिम सुरु

मङ्गलवार, माघ १०, २०७९

कमल । कमल गाउँपालिकाको आर्थिक सहयोग तथा उद्यमशील महिला जागरण केन्द्रको प्राविधिक सहयोगमा दुई महिने निःशुल्क ढाका बुनाई तालिमको उद्घाटन भएको छ ।

कमल गाउँपालिका वडा नम्बर १ स्थित बाँसबारी र वडा नम्बर ६ स्थित लखनपुरमा सञ्चालित तालिमको कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपानेले उद्घाटन गरिदिएकी छन् ।

तालिमको उद्घाटन गर्दै उपाध्यक्ष न्यौपानेले महिलाहरु आत्मनिर्भर नभएका कारण श्रीमानको भर पर्नु परेको अवस्थालाई न्यूनीकरण गर्दै त्यस्ता महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताइन् ।

‘महिलाहरु शिक्षित भए परिवार नै शिक्षित हुन्छ त्यसैले गाउँपालिकाबाट महिलालाई लक्षित गरेर तालिमको आयोजना गरिएको हो’ गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले भने, ‘तालिममा सिकेको सीपलाई प्रयोग गर्दै घरमै बसेर आम्दानी गर्न सकिने छ ।’

तालिम उद्घाटन कार्यक्रममा १ नम्वर वडाध्यक्ष केदार कटुवाल, ६ नम्वर वडाध्यक्ष नरेन्द्र भट्टराई, महिला तथा बालबालिका शाखा प्रमुख रिता कार्की लगायतले तालिम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम उद्यमशील महिला जागरण केन्द्रका अध्यक्ष शान्ता दाहाल उपे्रतीको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित खबर