२०८१ भदौ ३१, सोमवार , ०९:३१:१४ बजे

Sajhamanch
'

आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

सोमवार, माघ २, २०७९

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमति अनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो ।

नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।

उनका अनुसार डिजेलमा भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा मूल्य घटेर आएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशन अनुरुप आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३–३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।

निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ भने सरकारलाई करिब ७ अर्ब रुपैयाँ ऋण तिर्नुपर्ने दायित्व छ ।

सम्बन्धित खबर