२०८२ वैशाख ५, शुक्रवार , १२:१२:०२ बजे

Sajhamanch
'

विमान दुर्घटनामा परेका मृतकको शव भोलि परिवारलाई बुझाइने

आइतवार, माघ १, २०७९

पोखरा । यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र संकलन भएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ ।

पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । शाहीका अनुसार पहिचान नभएका शवको डीएनए परीक्षण गरिनेछ । त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने उनले बताए ।

६८ यात्रुसहित ७२ जना सवार विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । हालसम्म ६९ जनाको शव उद्धार गरी झिकिएको छ भने तीनजनाको शव भेटिएको छैन । अहिलेसम्म ११ जनाको शव पहिचान भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शाहीले बताएका छन् ।

सम्बन्धित खबर