२०८१ भदौ ३१, सोमवार , ०८:०९:५३ बजे

Sajhamanch
'

यती एयरकाे जहाज पोखरामा दुर्घटनाग्रस्त

आइतवार, माघ १, २०७९

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए ।

कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो।

विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।

जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए। मानवीय क्षतीको जानकारी हालसम्म आएको छैन ।

सम्बन्धित खबर