२०८१ असोज ३, बिहिवार , ०१:३७:४७ बजे

Sajhamanch
'

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादवले पेस गरे दावी

बुधवार, पौष २७, २०७९

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज यादवले दाबी पेस गरेका छन् ।

केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेका हुन् ।

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ ।

निवर्तमान सभामुखसमेत रहेका यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक–एक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरू सहित ६३ प्रदेश सांसदको समर्थन रहेको जनाइएको छ ।

मधेश प्रदेशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपराह्न चार बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय तोकेका थिए ।

यादव सोमबार संसदीय दलका नेतामा चयन भएका थिए । उनी २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट सभामुख बनेका थिए । पछि जसपा विभाजन हुँदा उपेन्द्र यदवको पक्षमा लागेका हुन् ।

सम्बन्धित खबर