२०८१ माघ १२, शनिवार , ०२:४०:१० बजे

Sajhamanch
'

एमालेले टुंग्यायो प्रतिनिधि सभाका समानुपातिक सांसद र प्रदेश १ का समानुपातिक सांसदहरु

शनिवार, मंसिर २४, २०७९

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो ।

आदिवासी जनजातितर्फः (पुरुष) देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई र (महिला) नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा ।

खसआर्यतर्फः (पुरुष) रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही र (महिला) मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनिता बराल ।

थारुः आश्माकुमारी चौधरी, शान्ति चौधरी ।

दलितः ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा ।

मधेशीः गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया ।

मुस्लिमः सराज अहमद खान ।

 

प्रदेश १ का समानुपातिक सांसदहरुः

नेकपा एमालेले प्रदेश १ को प्रदेशसभामा समानुपातिक पद्धतिबाट चयन हुने सांसदको नाम पनि टुंगो लगाएको छ । आज शनिबार बसेको सचिवालय समितिको बैठकले समानुपाितिक पद्धतिबाट चयन हुने १५ जनाको नाम टुंग्याएको हो ।

प्रदेश १ मा एमालेबाट समानुपातिकमा छानिएका उम्मेदवारहरु निम्नअनुसार छन्ः

आदिवासी जनाजाति महिलाः सिर्जना दनुवार (उदयपुर), कमला थापा मगर (झापा), मीना श्रेष्ठ (सुनसरी), सिर्जना राई (भोजपुर), मालतीकुमारी लिम्बू (मोरङ) ।

आदिवासी जनाजाति पुरुषः नम्बरलाल धिमाल (झापा)

खसआर्य महिलाः शिला दीक्षित (मोरङ), तारादेवी ढकाल (झापा), मीरादेवी खनाल आचार्य (सुनसरी), गीतादेवी रेग्मी (उदयपुर) ।

अल्पसंख्यकः लाहुरीकुमारी जिमी याक्ख्या (सुनसरी) ।

दलितः कमला दर्नाल (तेह्रथुम) ।

मधेसीः गीतारानी महतो (मोरङ) ।

मुस्लिमः नुरसदी वेगम (मोरङ) ।

थारुः ललिताकुमारी चौधरी (झापा) ।

सम्बन्धित खबर