२०८१ पौष २६, शुक्रवार , ०९:३१:५१ बजे

Sajhamanch
'

कांग्रेसले समानुपातिक सांसदका लागि सिफारिस गरेका ३२ नाम यस्ता छन्

शनिवार, मंसिर २४, २०७९

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोग समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकार निवासमा जारी पदाधिकारी बैठकले प्रतिनिधिसभा तर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुंग्याएको एक पदाधिकारीले जानकारी दिएका छन् ।

ती पदाधिकारीका अनुसार समानुपातिक सांसद चयन हुनेमा खसआर्य महिलातर्फ प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा, खसआर्यतर्फ पुरुषमा कांग्रेस प्रवक्ता प्रकाशशरण महत, दलिततर्फ जीवन परियार र मधेसीतर्फ विमलेन्द्र निधि चयन भएका छन् । आयोगले निर्वाचित गरेपछि मात्रै सांसदको टुंगो लाग्नेछ ।

आदिवासी जनजातितर्फः सरस्वती बजिमय, लिलादेवी बोखिम, सिताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा सेरचन ।

खस आर्यतर्फः अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की ।

मधेसीतर्फः नागिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल, निनुकुमारी कर्ण ।

दलिततर्फः शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक ।

थारुतर्फः कल्पना चौधरी, विनाकुमारी थनेत ।

मुस्लिमतर्फः जावेदा खातुन् जागा ।

पुरुषः जीवन परियार (दलिततर्फ), विमलेन्द्र निधि (मधेसतर्फ), प्रकाशशरण महत (खस आर्यतर्फ) ।

सम्बन्धित खबर