२०८१ फागुन १०, शनिवार , ०१:१६:०३ बजे

Sajhamanch
'

रास्वपाका १३ समानुपातिक सांसदमा को को परे

शनिवार, मंसिर २४, २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते भएको निर्वाचनमा प्राप्त गरेको सदर मतका आधारमा समानुपातिक तर्फ आफ्ना १३ जना निर्वाचित सांसदको नाम सिफारिस गरेको छ ।

शनिबार बसेको रास्वपाको बैठकले समावेशी सिद्धान्तका आधारमा १३ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो ।

जस अनुसार दलित समुदायबाट सन्तोष परियार र शिव नेपाली, जनजाति समुदायबाट ढाकाकुमार श्रेष्ठ, इन्दिरा मगर र सुमना श्रेष्ठको नाम सिफारिस भएको छ ।

यस्तै खसआर्यबाट चन्दा कार्की, डोल प्रसाद अर्याल, निशा डाँगी र बिनिता कठायतको नाम सिफारिस भएको छ । यस्तै मधेसी समुदायबाट लक्ष्मी तिवारी र मनिष झा, थारु समुदायबाट अशोक कुमार चौधरी सिफारिस भएका छन् भने मुस्लिम समुदायबाट अशिम साहको नाम सिफारिस भएको छ ।

दलिततर्फ

सन्तोष परियार, शिव नेपाली

जनजाति

ढाका कुमार श्रेष्ठ, इन्दिरा राना मगर, सुमना श्रेष्ठ

खसआर्य

चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत

मधेसी

लक्ष्मी तिवारी, मनिष झा

थारु

अशोक चौधरी

मुस्लिम

अशिम साह

सम्बन्धित खबर