२०८१ कार्तिक २, शुक्रवार , ११:००:४६ बजे

Sajhamanch
'

‘काव्यकोपिला’ कविता संग्रह विमोचित

शुक्रवार, मंसिर २३, २०७९

भद्रपुर । कवि राजेन्द्र कश्यप अधिकारीको प्रथम कृति ‘काव्यकोपिला’ कविता संग्रहको चन्द्रगढीमा विमोचन गरिएको छ ।
भाषासेवी अग्रज साहित्यकार चूडामणि रेग्मीले अधिकारीको कृतिको विमोचन गरेका हुन् ।

कृतिको परिचर्चा गर्दै कवि तथा समालोचक भानुभक्त कुभिण्डेलीले कृति शास्त्रीय छन्दमा तयार भएको उत्कृष्ट फुटकर कविताको संगालो भएको बताए । उनले लेखकको पहिलो कृति भए पनि रचनाले विशिष्ठ स्थान ओगटेको भन्दै ५६ वटा कविताको संख्यात्मक जस्तै रस्वादनमा नौलोपन हुने धारणा राखेका थिए ।

लेखनाथ पुस्तकालयको शुक्रबारे कार्यक्रम अन्तरगत आयोजित कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष हरिप्रसाद न्यौपानेको रहेको थियो । पुस्तकालयका पूर्व अध्यक्ष कृष्ण सुवेदी निराकारले सहभागीहरुलाई शाब्दिक स्वागत गरेका थिए ।

खगेन्द्रा खुसीले सञ्चालन गरेको कार्यक्रममा झापाका विभिन्न स्थानबाट आएका कवि तथा साहित्यकारहरूको उपस्थिति थियो । काव्यकोपिला भित्रका विभिन्न कविताहरूको वाचन गर्दै कविहरूले कार्यक्रमलाई साहित्योल्लास बनाएका थिए ।

सम्बन्धित खबर