२०८१ असोज ३, बिहिवार , ०९:००:५६ बजे

Sajhamanch
'

नवीकरणीय र दिगो ऊर्जा विकासको अनुसन्धानमा आधारित अन्तर्राष्ट्रिय शिक्षण गोष्ठी हुँदै

सोमवार, मंसिर १९, २०७९

काठमाडौं । नवीकरणीय तथा दिगो ऊर्जा विकासका लागि समसामयिक वस्तु एवम् अनुसन्धानमा आधारित शिक्षा प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हुने भएको छ । नर्वे, बंगलादेश, श्रीलंकाका विश्वविद्यालयसँगको सहकार्यमा रिन्यूवेबल एण्ड सस्टेनेवल इनर्जी ल्याब्रटोरी, काठमाडौं विश्वविद्यालले यही मंसिर २० र २१ गते गोष्ठी आयोजना गर्न लागेको हो ।

काठमान्डु बिश्वबिध्यालय मेकानिकल इन्जिनियरिन्ग बिभागअन्तरगत रिन्युवेबल एण्ड सस्टेनेबल इनर्जि लाबोराटोरीका प्रमुख सुनिलप्रसाद लोहनीले यो गोष्ठी विश्वव्यापी शैक्षिक सहयोगको लागि नर्वेजियन साझेदारी कार्यक्रम अन्तर्गतको परियोजना ‘नविकरणीय ऊर्जा तथा चक्रिय अर्थतन्त्र विकासका लागि अनुसन्धानमा आधारित शिक्षा प्रणाली’ २०२२-२०२६ को गतिविधिहरूमध्ये एक भएको बताए ।

नविकरणीय तथा दिगो ऊर्जा विकासमा कार्यरत शिक्षण संस्था, सरकारी तथा गैरसरकारी संस्था र निजी व्यावसायीहरूलाई एकै ठाउँमा ल्याई नविकरणीय तथा दिगो ऊर्जा विकासका समस्या र अवसरहरू, प्रविधि हस्तान्तरण र अनुसन्धानमा आधारित शिक्षा प्रणाली विकासका सम्भावनाहरूका बारेमा घनिभुत छलफल तथा अनुभव आदानप्रदान गर्ने उदेश्यका साथ गोष्ठी गर्न लागिएको हो ।

गोष्ठीमा ७ राष्ट्र र १२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट ६०/७० जना सहभागीहरू रहनेछन् । गोष्ठीमा अमेरिका, अष्ट्रेलिया र नर्वेका प्रतिष्ठित प्राध्यापकहरूको वक्तब्य, उच्चस्तरीय प्यानलसहित छलफल हुनेछ ।

साथै, गोष्ठीमा नविकरणीय र दिगो ऊर्जाको शैक्षिक क्षेत्रमा कमी–कमजोरीहरू निर्धारण, स्वच्छ ऊर्जा र चक्रिय अर्थतन्त्रको विकासका लागि अनुसन्धानमा आधारित विचारविमर्श गरिनेछ । सोको लागि पाठ्यक्रम निर्धारण गरी शिक्षण र अनुसन्धानलाई अगाडि बढाउन संस्थाहरूबीच सहकार्य हुनेछ ।

सम्बन्धित खबर