२०८१ कार्तिक २०, मङ्गलवार , ०५:४३:३५ बजे

Sajhamanch
'

आदर्श साकोसद्वारा विपन्न परिवारलाई सहयोग

बुधवार, चैत २६, २०७६

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेर वित्तीय कारोबार गर्दै आएको आर्दश बचत तथा ऋण सहकारी संस्थाले विपन्न परिवारका लागि राहत सामाग्री हस्तान्तरण गरेको छ ।

शिवसताक्षी नगरपालिका कोरोना भाइरस प्रकोप रोकथाम कोषमा उक्त खाद्य सामाग्री नगरप्रमुख चन्द्रकुमार शेर्मा र उप प्रमुख भोजकुमारी नेपाललाई हस्तान्तर गरिएको हो ।

विश्वलाई आक्रान्त पार्दै फैलिएको कोरोना भाइरसको जोखिम त्यसबाट उत्पन्न परिस्थितिको सामाना गर्न सहकारीले सहयोग गरेको सहकारीका अध्यक्ष चन्द्र थापाले बताए । यो विपत्तीमा नगर भित्र रहेका विपन्न परिवारको चुलो बाल्न सामाजिक दाहित्व वहन गर्दै सहकारी संस्थाको तर्फबाट सहयोग गरिएको उनले जानकारी दिए । सहकारीले ३ सय केजी चामल, २० लिटर तेल, ४८ थान साबुन र ५० केजी नुन हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्र थापा, व्यवस्थापक प्रकाश चन्द्र पोख्रेल, उपाध्यक्ष नीलकृष्ण खरेल, सचिव यादवप्रसाद घिमिरे र लेखापाल चन्द्रकला श्रेष्ठको उपस्थिति थियो ।

सम्बन्धित खबर