२०८१ पौष ६, शनिवार , ११:०२:५३ बजे

Sajhamanch
'

कृषकको समस्या कसले बुझिदिने ?

मङ्गलवार, चैत २५, २०७६

हाल विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले गर्दा धेरै देशहरु लकडाउनमा छन् । सरकारले अति आवश्यक वस्तुमा समस्या नपर्ने भनेता पनि बजारमा युरियाको अभाव छ । यसले किसानलाई समस्या परेको छ ।

अहिले हरेक कृषक खेतमा मकैबाली लगाइएको छ । गोबर मल नपाउने किसानले मकैमा युरिया मल नै लगाउनु पर्छ । तर पसलमा युरिया नै छैन भन्छन् ब्यापारीहरु । आजको लागि चामल, दाल, तेल र नूनमात्रैको धेरै आवश्यकता होला तर यति भएर पुग्छ र ? सोसल डिस्टेन्समा ध्यान दिएर कृषि व्यवसाय गर्न सरकारले पनि छुट दिएको छ । तर बालीनालीमामा लगाउने रसायनिक मल चाहिँ अत्यावश्यकको सूचिमा पर्दैन ?

स्थानीय सरकार ! नेपाल कृषिप्रधान देश हो । कृषकलाई बालीनालीमा चाहिने बीऊ, बिजन, मल आदिलाई अति आवश्यकमा गनिदेउ, आज कृषिकर्म गर्न पाइएन भने भोलिका दिनमा हामी सबै भोकै बस्नु पर्नेछ फेरि । किसानले मल बीऊ बिजन राहतमा मागेका होइनन् । बजारका एउटा–एउटा पसलमा यिनको बिक्रीको प्रबन्ध मिलाइयोस् । स्थानीय सरकार, चाँडोभन्दा चाँडो कृषकको समस्याको सुनवाई गरियोस ।

अर्जुनधारा– १०, झापा

मङ्गलवार, चैत २५, २०७६ | विचार/ब्लग

सम्बन्धित खबर