२०८१ असोज ३, बिहिवार , ०९:४९:३६ बजे

Sajhamanch
'

विपन्नलाई राहत दिन मेची सहकारीको दुई लाख रुपैयाँ योगदान

आइतवार, चैत २३, २०७६

दमक । मेची सहकारी संस्था लिमिटेड दमकले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण एवम् विपन्नलाई राहत प्रदान गर्न कार्यक्षेत्र भित्रका विभिन्न पालिकाहरुलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ ।

दमकमा मुख्य कार्यालय रहेको संस्थाले दमक नगरपालिकाको कोषमा जम्मा हुनेगरी नगरप्रमुख रोमनाथ ओलीलाई नगद एक लाख रुपैयाँ प्रदान गरेको छ । यसैगरी, उर्लाबारी नगरपालिका र कमल गाँउपालिकाको राहत कोषमा ५० हजार रुपैयाँक दरले १ लाख रुपैयाँ प्रदान गरिएको हो ।

संस्थाको कार्यक्षेत्र भित्र रहेका नगरपालिका तथा गाँउपालिकामा कोरोना भाइरसको संक्रमण रोकथाम गर्न तथा लकडाउनले समस्यामा परेका विपन्नहरुलाई राहत प्रदान गर्न बनाइएको राहत कोषमा जम्मा हुने गरी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराइ नेतृत्वको टोलीले रकम प्रदान गरेका हुन् ।

संस्थाका सूचना अधिकारी चन्द्र थापाले बताएअनुसार अध्यक्ष भट्टराई नेतृत्वको टोलीले पालिकाहरुमा नै पुगेर रहत रकम हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित खबर