२०८२ भदौ ११, बुधवार , ०१:३५:५१ बजे

Sajhamanch
'

सिड्नीमा एउटै कोठामा बसेका ४ नेपाली विद्यार्थीलाई कोरोना संक्रमण

शनिवार, चैत १५, २०७६

अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्‌नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित सबै युवती रहेको जनाइएको छ । उनीहरु अहिले आफ्नै घरमा ुसेल्फ क्वारेन्टाइनु मा बसिरहेको क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ ।

सिड्‌नीको ग्रान्भिलमा एउटै कोठामा गरेर बसिरहेका ४ जनामध्ये एकलाई केही दिन पहिले संक्रमणको लक्षण देखिएको थियो। तर जाँच गरेर नतिजा नआउन्जेल आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेकी उनको नतिजा पोजिटिभ देखिएको थियो।

आफ्नो साथीलाई पोजिटिभ देखिएपछि अन्यले जाँच गर्दा ४ जनामध्ये ३ मा संक्रमण देखिएको हो।

सम्बन्धित खबर