२०८१ मंसिर ९, आइतवार , ०१:३४:४७ बजे

Sajhamanch
'

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्‍त्रीमा पुनः खतिवडाको नियुक्ती

बुधवार, फागुन २१, २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री के. पी. शर्मा ओलीको सिफारिसमा आज डा. युवराज खतिवडालाई मन्त्री पदमा नियुक्त गरेकी छन् ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिए पछि हिजोमात्र डा. खतिवडाले राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीको सिफरिसमा डा. खतिवडा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पुनः नियुक्त भएका राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिएका हुन् ।

राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा डा. खतिवडालाई अर्थमन्‍त्रीमा पुनः नियुक्त गरिएकोले आज अपरान्ह ४ बजे सपथको समय निर्धारण गरिएको उल्लेख छ ।

‘मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७८ को उपधारा १० बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ’ विज्ञप्तिमा उल्लेख छ ।

सांसद नरहेको व्यक्ति मन्त्री हुन पाउँदैन तर राजीनामा पछि भने ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार उनी पुनः मन्त्री बन्न लागेका हुन्। उनले राष्ट्रियसभा सदस्यमा गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका थिए ।

सम्बन्धित खबर