बिर्तामोड । झापा जिल्ला सहकारी संघको आयोजना तथा साहारा नेपाल साकोसको प्रयोजनमा उत्प्रेरणात्मक तालिम मंगलबार सम्पन्न भएको छ ।
संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा चारपानेमा आयोजित कार्यक्रममा २०० बढी सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
उक्त तालिमको सहजीकरण उत्प्रेरणात्मक प्रवचक राजु घलेले गरेका थिए । घलेले मानिसहरुमा तनाब कसरी सृजना हुन्छ र त्यसलाई कसरी अन्त्य गर्नु पर्छ भन्ने विषयमा सहभागीलाई सुझाएका थिए ।
घलेले सन्तुष्टि कसरी प्राप्त गर्ने र मनमा शान्ति र खुसी ल्याउन के गर्नुपर्छ भनेर सहभागीहरुलाई अवगत गराएका थिए । उनले सहभागीहरु सहकारीकर्मीहरुलाई विभिन्न टिप्स् दिँदै संस्थामा रहँदा आफना कर्मचारीलाई कस्तो व्यवहार गर्ने भन्ने समेत बताएका थिए ।
संघका अध्यक्ष ढकालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन संघका सचिव युवराज ढकालले गरेका थिए ।