![](https://sajhamanch.com/wp-content/uploads/2023/07/Untitled-design-1-1.png)
मेचीनगर । बेलायतको फोक्सटन सीटी र मेचीनगरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि माघ २५ गते वा सन् २०२० फ्ेब्रवरी ८ तारीख बेलायती प्रतिनिधि मण्डल नेपाल आउने भएको छ ।
द गोर्खा मेमोरियल फण्ड बेलायतका संस्थापक अध्यक्ष, झापाली समाज लण्डनका अध्यक्ष तथा बेलायतस्थित फोक्टन सीटीका पूर्व काउन्सिलर धनकिरण गुरुङसहितको ५ सदस्यीय वेलायती प्रतिनिधि मण्डल मेचीनगर आउन लागेको हो ।
वेलायती प्रतिनिधि मण्डलले मेचीनगरले स्वागतका लागि अहिले नगरलाई सजाउने काम गदैं आएको छ । मञ्चदेखि स्वागत गेटको निर्माण गरिने छ । वेलायती प्रतिनिधि मण्डल र मेचीनगर नगपालिकाका प्रमुख विमल आचार्य उपप्रमुख मीना पोखरेल उप्रेतीलगायतको नेपाली प्रतिनिधि मण्डलबीच बेलायतको फोक्सटन सिटी र मेचीनगर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका बारेमा व्यापक छलफल हुने छ । छलफल पश्चात फोक्सटन सिटीका मेयर सहितका पदाधिकारीले भगिनी सम्बन्ध स्थापनाको मैत्री पत्रमा सम्झौतामा हस्ताक्षर हुने पूर्व काउन्सिलर धनकिरण गुरुङले जानकारी दिए ।
मेचीनगर नगरपालिका प्रमुख विमल प्रमुख आचार्य गत असोज १६ देखि १९ गतेसम्म बेलायतको बिभिन्न औपचारिक कार्यक्रममा सहभागी भएर मेचीनगर र बेलायतको फोक्सटन सिटी सहित त्यस क्षेत्रका अन्य शहरहरुसँग द्विपक्षिय सम्बन्ध स्थापित गर्ने बिषयमा छलफल गरेका थिए । नगरप्रमुख आचार्यले मेचीनगरवासीकातर्फबाट नेपाल र बेलायत तथा नेपाली र बेलायती जनताबीचको भगिनी सम्बन्धलाई अझ मजवुत बनाउन युकेका उच्च पदस्थ अधिकारीहरुलाई मेचीनगर भ्रमणको औपचारिक निमन्त्रणा गरेका थिए । मेचीनगरको निमन्त्रणामा बेलायतको फोक्सटन सीटी र मेचीनगरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि गठित समितिका संयोजक धनकिरण गुरुङ, फोक्सटन टाउनका प्रमुख जेकी मोड, समितिका सचिव नेलजोन, फोक्सटन टाउन च्याम्वर अफ कर्मसका चियरम्यान रे जोनसन, आइटि इञ्जिनियर ओलीभर रविन्सन्सलगायतको टोली ९ तारीख वा माघ २६ गते मेचीनगर आइपुग्ने र २७ गते मेचीनगर नगरपालिकामा आयोजित कार्यक्रममा दुईपक्षबीच भगिनी सम्बन्ध स्थापनाको मैत्री पत्र सम्झौतामा हस्ताक्षर हुने पूर्व काउन्सिलर गुरुङले जानकारी दिए ।
फोक्सटन टाउनका प्रमुख, बेलायतको केन्ट जिल्ला अध्यक्ष एन बेरी, उपाध्यक्ष फिलिप मार्टिन, काउन्सिलर अध्यक्ष आन एल एन, हाइट टाउनका मेयर, हाकिन्स टाउनका मेयर, जे वर्ग सिटीका मेयर काउन्सिलरहरु तथा बेलायतका विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुसँग मेचीनगर प्रमुख आचार्यले त्यसवखत विभिन्न विषयमा छलफल गरेका थिए ।
छलफलका क्रममा दुई शहरबीच दोहोरो सहयोग आदान प्रदान गर्ने र यी शहरबीच भगिनी सम्बन्ध कायम गर्न सवै सहमति भएको नगर प्रमुख आचार्यले जानकारी दिए । बेलायतका उच्च पदस्थहरुसँग भएको छलफलमा विशेष गरी शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापनलगायतका महत्वपूर्ण विषयमा छलफल भएको थियो ।
झापा मेचीनगर ६ काँकरभिट्टा निवासी पूर्व काउन्सिलर धन किरणले नेपाली समुदायलाई बेलायती समुदायसँग जोड्न महत्वपूर्ण भूमिका निभाएको, उनले बेलायतमा बसेरै पनि नेपाल र नेपाली जनता त्यसमा पनि झापालीप्रति देखाएको सदभाव,माया ममता, नेपालको शिक्षा सामाजिक तथा स्वास्थ्यक्षेत्रमा निक्कै योगदान पुर्याएका छन् । उनले नेपालको शिक्षाक्षेत्रमा निक्कै योगदान पुर्याएका छन् ।
काँकरभिट्टा माविका लागि २८ लाख रुपैयाँ मुल्य बराबरका ३१ थान डेक्सटप कम्प्युटर प्रदान गरेका छन् भने झापाका पूर्वाेत्तर तथा दक्षिणीक्षेत्रमा प्रायः विद्यालयमा उनको भवन निर्माण, घेरावार, शौचालय निर्माण्मा निक्कै ठुलो योगदान छ ।
काँकरभिट्टा माविमा २ वर्ष सम्म प्राविधिक सहयोग उपलब्ध गराउने समेत घोषणा गरेका छन् । आफ्ना दिवंगत बाबु आमाको स्मृतिमा अम्वर—भक्ति कम्प्युटर प्रविधि शिक्षालयको समेत उनले नामाकरण गरे ।
गोर्खा मेमोरियल फण्ड युकेका संस्थापक अध्यक्ष समेत रहेका गुरुङले द गोर्खा मेमोरियल फाउण्डेशन नेपालको पहलमा भारतीय राजदुताबास मार्फत प्राप्त टाटा कम्पनिको सुमो एम्बुलेन्स मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरेका थिए । गुरुङ्गकै पहलमा औषधि र अन्य उद्दारका सामाग्री नगरपालिकालाई प्राप्त भएको थियो ।
उनले सुविधा सम्पन्न बारुणयन्त्र र एम्बुलेन्स नगरपालिकालाई उपलब्ध गराउन खोजे पनि विभिन्न कारणले आधा बाटैबाट फर्किएको थियो । गुरुङले नेपाली समुदायलाई बेलायती समुदायसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैं उनलाई बेलायतमा ‘होम अफिस स्ट्रोङ्ग ब्रिज’ सम्मान प्रदान गरिएको थियो । बेलायतको केन्टमा आयोजित कार्यक्रममा होम अफिस युके तथा युरोपका क्षेत्रीय निर्देशक पल मोर्गानको बाहुलीबाट गुरुङले सम्मान पत्र प्राप्त गरेका थिए ।
गुरुङकै पहलमा रोल्पाको थवाङको वीर भलभद्र माविमा मिस ज्वाना लुम्ली कम्प्युटर टेक्नोलोजी एजुकेशस सेन्टरको समेत फेव्रवरी २३ तारीख उद्घाटन हुने छ ।