
हल्दिबारी । मंगलबार दिउँसोको अत्याधिक गर्मीका कारण यहाँ एकजना महिलाको मृत्यु भएको छ ।
हल्दिबारी गाउँपालिका वडा नं. २ पशुपति चोक नजिकै बस्ने लुखी हेमरमको अत्यधिक गर्मीका कारण मृत्यु भएको जनाइएको छ । कमल राईको चिया बगानबाट पशुपति चोक जोड्ने बाटोमा उनी आज मध्यान्हतिर मृत अवस्थामा फेला परेकी थिइन् ।
मादक पदार्थ सेवन गरेकी हेमरम अत्यधिक गर्मीका कारण बाटोमै ढलेकी हुन् । घटनाको जानकारी पाएपछि प्रहरी चौकी हल्दिबारीको प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर शब उठाएको थियो।


