२०८३ जेठ २० बुधवार , ०८:४०:४२ बजे

Sajhamanch
'

रतुवा पुलमुनि शव फाल्ने मृतककै प्रेमी !

बुधवार, जेठ २०, २०८३

झापा । दमकको रतुवा पुल मुनी शनिबार दिउँसो प्लाष्टिकले बेरेको अवस्थामा मृत फेला परेकी रमा तिवारीलाई उनकै प्रेमीले हत्या गरेको खुलेको छ ।

हत्या आरोपमा प्रहरीले एकजना युवालाई पक्राउ गरेपछि रमा हत्यामा प्रेमीको संलग्नता भएको खुलेको हो ।

घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । घटना संलग्न एकजना युवालाई प्रहरीले पक्राउ गरे पनि नाम सार्वजनिक गरेको छैन । पक्राउ परेका व्यक्ति र रमाबीच प्रेम सम्बन्ध रहेको प्रहरीको दावी छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका युवक र रमा केही समयदेखि सम्पर्कमा थिए । लागु औषध प्रयोगकर्ता रहेका ती युवा दमकको सुधार केन्द्रमा बस्दै आएका थिए । उनी जेठ १३ गते सुधार केन्द्रबाट बाहिर आएका थिए । सुधार केन्द्रबाट बाहिर आएपछि रमाको हत्या भएको थियो ।

हत्या कसरी भयो, शव रतुवा खोलासम्म कसरी पुर्‍याइयो तथा घटनामा अन्य व्यक्तिको पनि संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले हालसम्म केही सार्वजनिक गरेको छैन ।

सम्बन्धित खबर