
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रुपमा अध्ययन गर्ने बताउनु भएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।
उहाँलाई कांग्रेस सांसद अर्जुनरसिंह केसीले जेनजी आन्दोलनको प्रतिवेदनबारे प्रश्न राख्नु भएको थियो ।
जसको जवाफका क्रममा प्रधानमन्त्री शाहले भन्नु भएको छ, ‘आजसम्म नेपाल सरकारलाई बुझाइएका जति पनि प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनलाई एकमुष्ट रुपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने कामकारबाही त्यही हिसाबले गर्छ ।’
मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर विभिन्न कालखण्डमा भएका आन्दोलन,र्याली लगायतका धेरै प्रतिवेदनहरू भएकोप्रति पनि उहाँले स्मरण गराउनु भयो ।


