२०८३ जेठ १३ बुधवार , ०१:३२:३८ बजे

Sajhamanch
'

आज पनि सुनको भाउ घट्यो

बुधवार, जेठ १३, २०८३

काठमाडौं । आज सुनको भाउ घटेको छ ।

हिजो तोलामा एक हजार ३ सय रुपैयाँले घटेको सुनको भाउ आज एक हजार रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा २ लाख ९१ हजार ५०० रुपैयाँ रहेकोमा आज घटेर तोलाको २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । हिजो तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेको हो । आज चाँदी तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधवार, जेठ १३, २०८३ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर