२०८३ जेठ १३ बुधवार , १२:२३:२८ बजे

Sajhamanch
'

साविक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा

बुधवार, जेठ १३, २०८३

काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसीबी फाइनलमा पुगेको हो ।

धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रन बनाएको थियो । आरसीबीका कप्तान रजत पाटीदारले अविजित ९३ रन बनाए । विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३ रन बनाए ।

आरसीबीले दिएको २५५ रनको लक्ष्य पछयाएको गुजरात १९ ओभर ३ बलमा १६२ रनमा अलआउट भयो । पराजित गुजरातले फाइनल पुग्न अब सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीचको इलिमिनेटर विजेतासँग खेल्नेछ । गएको वर्ष पञ्जाबलाई हराउँदै आरसीबीले उपाधि जितेको थियो ।

आईपीएल क्रिकेटको इलिमिनेटरमा आज बेलुका पौने ८ बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन् ।

सम्बन्धित खबर