२०८३ जेठ ११ सोमवार , ०४:१५:५३ बजे

Sajhamanch
'

हुरीले रुख ढाल्दा विद्युतमा ट्रिपिङ र भोल्टेज समस्या, मर्मत तीव्र पारिरहेको प्राधिकरणको भनाइ

सोमवार, जेठ ११, २०८३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्न गई देशका केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएपछि केही क्षेत्रमा भोल्टेजमा उतारचढाव र ट्रिपिङको समस्या देखिएकाले समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले एक विज्ञप्ति जारी गर्दै प्रसारण लाइनमा परेको प्रभावपछि प्राविधिक टोलीलाई उच्च प्राथमिकताका साथ परिचालन गरेर समाधान गर्दै अघि बढिरहेको जानकारी दिनुभयो ।

‘पिलुवा (पथलैया)-चन्द्रनिगाहपुर खण्डको टावर नम्बर १२२-१२३ को बीचमा ढलेको रुख हटाइसकिएको छ र हाल सर्किट चार्ज गर्ने प्रक्रिया अघि बढाइएको छ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘त्यसैगरी टावर नम्बर १३६ र १३७ को बीचमा ढलेका तीनओटा रुखहरू प्राधिकरणले शनिबार राति नै ती तीनवटै रुखहरू हटाई विद्युत प्रवाह सुचारु गरिएको छ ।’

अमलेखगञ्ज–कमने खण्डको टावर नम्बर ४६ र ४७ को बीचमा रुख ढल्दा एचटीएलएस कन्डक्टरमा क्षति पुगेको र यो प्राविधिक रुपमा जटिल समस्या भएकाले समाधानका लागि प्राधिकरणको एचटीएलएस विशेषज्ञसहितको प्राविधिक टोली आइतबार बिहानै अमलेखगञ्ज–कमाने घटनास्थलमा पुगेर स्ट्रिङिङको काम सुरु गरिसकेको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित खबर