
काठमाडौं । सुनको भाउ आज बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ । हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलाको २ लाख ९४ हजार रुपैयाँ थियो ।
आज चाँदीको भाउ भने ४० रुपैयाँले घटेको छ । चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेर ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ६० रुपैयाँ थियो ।


