
झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-१ निवासी ७० वर्षीय वृद्ध शंकरप्रसाद ढुङ्गाना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिबार साँझ साढे ६ बजे कमल-१ इट्टाभट्टास्थित भित्री सडक खण्डमा सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को १० प १४८० नम्बरको मोटरसाइकलले पैदल यात्री ढुङ्गानालाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते ढुङ्गानालाई निम्स अस्पताल दमकमा पुर्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएकोमा गएराति ११ः४५ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सोही ठाउँका ३५ वर्षीय लुडो सतार र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।


