२०८३ जेठ १ शुक्रवार , १२:५९:३६ बजे

Sajhamanch
'

मकैबारीमा भेटियो मरेको गैंडा

शुक्रवार, जेठ १, २०८३

काठमाडौं । नवलपुरको कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैंडा मृत फेला परेको छ ।

स्थानीयले आज बिहान भिम बहादुर दर्जीको मकैबारीभित्र मरेको गैंडा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मकैबारीमा मरेको गैंडा रहेको सूचना स्थानीयले ८ः३० बजेतिर दिएका थिए ।

त्यसपछि प्रहरी, डिभिजन वन कार्यालय र इलाका वन कार्यालयको टोली सो क्षेत्रमा पुगेको थियो ।

प्रहरीका अनुसार मृत गैंडामा घाउचोट देखिएको छैन । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।