२०८३ वैशाख २९ मङ्गलवार , ११:४९:१४ बजे

Sajhamanch
'

धादिङको बैरेनीमा तीन वटा गाडी ठोक्किँदा ३७ जना घाइते

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा तीन वटा गाडी ठोक्किँदा ३७ जना घाइते भएका छन् ।

गल्छी गाउँपालिका–६, बैरेनीमा गएराति रोकिराखेको बा ०३–००१–००६ ख २०५६ नम्बरको ट्रकलाई काठमाडौं बाट बाग्लुङका लागि छुटेको बा ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

लगत्तै काठमाडौंबाट वीरगञ्जका लागि छुटेको अर्को बस बा ०१–००६ ख ६७१६ ले बाग्लुङका लागि छुटेको बसलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएकालाई राति नै उद्धार गरी अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

घाइतेमध्ये ३४ जनाको काठमाडौं ट्रमा सेन्टर, शिक्षण अस्पतालसहित विभिन्न अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । तीन जना उपचारपछि डिस्चार्ज भएका छन् । तीनवटै गाडीका चालकलाई इलाका प्रहरी कार्यालय गजुरीले पक्राउ गरेको छ ।

मङ्गलवार, वैशाख २९, २०८३ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर