२०८३ वैशाख २८ सोमवार , ०२:४५:३५ बजे

Sajhamanch
'

मोरङबाट २० लाख भारु बरामद

सोमवार, वैशाख २८, २०८३

विराटनगर । मोरङको रतुवामाई नगरपलिका–२ घररुचोक स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारु बरामद गरेको छ ।

आइतबार राति उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताउनु भयो । ५०० दरको ४० बण्डल उल्लेखित भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाले बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरुलाई शंका लागि जाँच गर्ने क्रममा मोटरसाइकल पछाडि सवार व्यक्तिले बोकेको झोला सोही ठाउँमा फालेर भागेका थिए ।

बरामद रुपैयाँ आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्रले बताएको छ ।

सोमवार, वैशाख २८, २०८३ | अपराध, समाज

सम्बन्धित खबर