
काठमाडौं ।नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु–भागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम सम्मको वर्षा साथै मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित मध्यम वर्षा÷हिमपात साथै तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाकाअनुसार आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ।


