२०८३ वैशाख २५ शुक्रवार , ०१:२१:४६ बजे

Sajhamanch
'

सुन तोलामा एक हजार १०० रुपैयाँले बढ्यो

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । सुनको भाउ आज एक हजार १०० रुपैयाँले बढेको छ ।

हिजोको तुलनामा सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ८०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज १२० रुपैयाँले बढेर तोलाको ५ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको ५ हजार १५५ रुपैयाँ थियो ।

शुक्रवार, वैशाख २५, २०८३ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर