२०८३ वैशाख २५ शुक्रवार , ०१:१७:०९ बजे

Sajhamanch
'

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

शुक्रवार, वैशाख २५, २०८३

इलाम । भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्यअन्तर्गत ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ ।

जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी हालसम्म ४४५ परिवारले उपभोग गरेको जग्गा दर्ता गर्ने निर्णय भएको छ ।

परिवारलाई ५९३ कित्ताको जग्गा धनी प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र वितरण तथा दर्ताबाट रु. एक करोड ८६ लाख ३१ हजार ४९५ राजस्व संकलन भएको आयोगले जनाएको छ ।

यसैगरी, ७३८ परिवारको नापजाँच, राजस्व निर्धारण तथा जग्गा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीले बताउनु भयो। पालिकासँगको समन्वय र सहकार्यमा जिल्लाभर कुल २० हजार १७४ निवेदन संकलन गरिएको थियो ।

भूमिहीन दलिततर्फ २४८, भूमिहीन सुकुमवासीतर्फ ८५७ र अव्यवस्थित बसोबासीतर्फ १८ हजार ९१० निवेदन परेका थिए । तीमध्ये एक हजार ९२६ निवेदन प्रमाणीकरण प्रक्रियामा छन् ।