२०८३ वैशाख २४ बिहिवार , ०४:०१:३३ बजे

Sajhamanch
'

सर्लाहीमा बसको ठक्करबाट एक जनाको मृत्यु

बिहिवार, वैशाख २४, २०८३

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ खिला नजिक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार निवासी पप्पु भनेर चिनिने ३६ वर्षीय श्याम ठाकुर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विहीबार बिहान ग १ ख ९४६७ नम्बरको बसले ना ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ठाकुरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

प्रहरीले दुर्घटनामा संलग्न बस र बसधनी पर्सा गाउँपालिका–२ का २७ वर्षीय मानिष कुमार महतोलाई नियन्त्रणमा लिएको जनाएको छ । बस चालक कविलासी नगरपालिका–१० सलेमपुरका ४५ वर्षीय बद्री मण्डल भने फरार रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहिवार, वैशाख २४, २०८३ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर