२०८३ वैशाख १६ बुधवार , ११:४९:२९ बजे

Sajhamanch
'

बीपी राजमार्गमा सवारी आवागमन बन्द, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

बुधवार, वैशाख १६, २०८३

काठमाडौं । वर्षाका कारण बीपी राजमार्गका विभिन्न सडकखण्डमा क्षति पुगेको छ । जसका कारण सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रतिकूल मौसमको कारण काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानहरूमा गएरातिको भारी वर्षाले बीपी राजमार्गको विभिन्न सडकखण्डमा क्षति पुगेकोले सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ, कार्यालयले बुधबार बिहान जारी गरेको सूचनामा भनिएको छ ।प्रहरीले उक्त राजमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ । यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित खबर