२०८३ वैशाख ११ शुक्रवार , ०२:४८:२६ बजे

Sajhamanch
'

लगातार तेस्रो दिन सुनचाँदीको भाउ घट्यो

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । सुनचाँदीको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । बुधबारदेखि सुन चाँदीको भाउ लगातार घट्दै आएको हो ।

सुनको भाउ आज तोलामा २ हजार २०० रुपैयाँ घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ ७५ रुपैयाँले घटेर तोलाको चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रवार, वैशाख ११, २०८३ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर