२०८३ वैशाख ११ शुक्रवार , ०१:५१:३४ बजे

Sajhamanch
'

वसन्त याममा हिमाल आरोहणका लागि अहिलेसम्म ९४४ जनालाई अनुमति

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । यो वर्ष वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि ९४४ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार २९ वटा हिमाल आरोहणका लागि २३४ जना महिलासहित ९४४ जनाले अनुमति लिएका हुन् । सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ४०१ जनाले अनुमति लिएका छन् । यस्तै ल्होत्सेमा ८६ जना र अमादब्लममा ७७ जनाले अनुमति लिएका छन् ।

हिमाल आरोहण अनुमतिबाट विभागले एक अर्ब रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन गरेको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार सगरमाथाबाट ८७ करोड रुपैयाँसहित अनुमति दिएका सबै हिमालबाट गरी एक अर्ब ८ लाख ४५ हजार रुपैयाँ रोयल्टी सङ्कलन भएको हो ।

अहिलेसम्म ५४ वटा देशका नागरिकले नेपालका हिमाल आरोहणका लागि अनुमति लिएकामा सबैभन्दा धेरै चीनबाट मात्र १२७ जना, अमेरिकाबाट १०० जना, बेलायतबाट ६४ जना, रुसबाट ६० जना र अस्ट्रेलियाबाट २२ जनाले अनुमति लिएका छन् ।

यस वर्षको वसन्त यामदेखि सरकारले आरोहण रोयल्टी पनि बढाएको छ । यसअघि विदेशी आरोहीले वसन्त याममा सगरमाथा आरोहण गर्दा ११ हजार डलर रोयल्टी तिर्नुपर्नेमा यो वर्षदेखि चार हजार डलर बढेर १५ हजार पुगेको छ ।

मध्यपूर्वको युद्धका कारण बढेको महँगीले समग्र पर्यटन क्षेत्र प्रभावित भएको बेला आरोहणमा आउने पर्यटकको संख्या भने बढेको पाइन्छ ।

शुक्रवार, वैशाख ११, २०८३ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर