२०८३ वैशाख १० बिहिवार , ०३:५३:१४ बजे

Sajhamanch
'

काठमाडौंको वायु प्रदूषणले ‘निकै अस्वस्थ’को तह पार गर्‍यो

बिहिवार, वैशाख १०, २०८३

काठमाडौं । काठमाडौंको वायु प्रदूषण निकै खराब अवस्थामा पुगेको छ । आज उपत्यकाको वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ ।

रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान वायु गुणस्तर सूचक एक्युआई २४७ सम्म पुगेको थियो । समाचार तयार पार्दासम्म २१६ मा झरेको छ । एक्युआई २०१ देखि ३०० पुग्नुलाई निकै अस्वस्थ मानिन्छ ।

अहिले नेपाल विश्वकै प्रदूषित देशको सूचीमा दोस्रो नम्बरमा छ । पहिलोमा पाकिस्तान छ । राजधानी काठमाडौं उपत्यकामा बाक्लो तुवाँलो लागेको देखिन्छ ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

बिहिवार, वैशाख १०, २०८३ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर