२०८२ चैत ३० सोमवार , ११:३०:०५ बजे

Sajhamanch
'

जन्मदिनको अवसरमा बस्नेतद्वारा विद्यार्थीलाई जुत्ता वितरण, १५० लाभान्वित

सोमवार, चैत ३०, २०८२

अर्जुनधारा। बिर्तामोड–१ निवासी तथा हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका समाजसेवी लीला बहादुर बस्नेतले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै उदाहरणीय कार्य गरेका छन्। चैत ३० गते परेको जन्मदिनको अवसरमा उनले अर्जुनधारा नगरपालिका–६ स्थित बालकल्याण आधारभूत विद्यालयका १५० जना विद्यार्थीलाई विद्यालय पोशाकसँग लगाउने जुत्ता वितरण गरेका हुन्। बाल कक्षादेखि कक्षा ८ सम्म अध्ययन हुने उक्त विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी सहयोग गरिएको गरेका हुन्।

बस्नेतको सहयोगपछि विद्यार्थीहरूमा ठूलो राहत मिलेको र उनीहरूको उपस्थितिमा समेत सकारात्मक प्रभाव परेको प्रधानाध्यापक डम्मर यादवले बताएका छन्।विद्यार्थीहरू जुत्ता पाएपछि निकै खुसी देखिएका छन् भने अभिभावकले समेत सहयोगी दाताप्रति खुशी व्यक्त गरेका छन्।

बस्नेतप्रति आभार प्रकट गर्दै यस्ता सामाजिक कार्यले शिक्षा क्षेत्रमा थप हौसला मिल्ने विद्यालय परिवारले विश्वास व्यक्त गरेको छ।विदेशमा रहेर पनि उहाँले आफ्नो गाउँठाउँ र शिक्षा क्षेत्रप्रति देखाउनुभएको लगाव र सहयोगी भावना निकै सराहनीय रहेको यादव बताउँछ्न । बस्नेत  विर्तामोडमा रहेको लक्ष्मी बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्षसमेत हुन्।

सम्बन्धित खबर